दफा ६१
बेवारिसे मालवस्तु नेपाल सरकारको हुने
   (१) यस ऐन अन्तर्गतको सजाय हुने कसुरसित सम्बन्धित मालवस्तुको धनी पत्ता नलागेमा अनुसन्धान अधिकारीले कब्जा गरेको मालवस्तुको कुनै हकदार भए हकदाबी गर्न आउन पैंतीस दिनको म्याद दिई सार्वजनिक सूचना जारी गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको म्यादभित्र हकदाबी नपरेमा वा हकदाबी परे पनि पर्याप्त प्रमाणको अभावमा हकदाबी पुग्ने नदेखिएमा त्यस्तो मालवस्तु बेवारिसी मालवस्तु मानी नेपाल सरकारको हुनेछ ।